स्क्विड गेम मालवेयर प्ले स्टोरमा

काठमाडौँ- चर्चित कोरियन वेब सिरिज स्क्विड गेमको नाममा प्ले स्टोरमा मालवेयर फेला परेको छ । सिरिज चर्चित भएसँगै यसको नाम प्रयोग गरेर मालवेयर प्रयोग गरी प्रयोगकर्ताको डाटा चोरी गर्नको मालवेयर देखिन थालेको छ । हालै मात्र गुगलले केही एप प्ले स्टोरबाट हटाएको छ । ‘स्क्विड गेम वालपेपर फोरके एचडी’ को नाम रहेको यस एपले प्रयोगकर्ताको डाटामा अनाधिकृत पहुँच बनाइ डाटा चोरी गरेको भन्दै गुगलले हटाएको हो ।
एक सुरक्षा फर्मले मालवेयर फैलाउन प्रयोग गरिने प्ले स्टोरमा स्क्विड गेमसँग सम्बन्धित एउटा एपलाई फ्ल्याग लगाएपछि गुगलले एपलाई प्ले स्टोरबाट हटाएको छ ।
सो मालवेयरले प्रयोगकर्तालाई अनावश्यक विज्ञापन देखाउने गरेको थियो भने अनावश्यक एसएमएस सदस्यता शुल्क भुक्तानी गर्न लगाउने गरेको थियो । यसले प्रयोगकर्ताको डाटा चोरी गर्न सक्ने तथा अनावश्यक एप इन्स्टल गर्न लगाउने गरेको थियो । यदि तपाईंले पनि यो एप डाउनलोड गर्नु भएको छ भने तुरुन्तै डिलिट गर्न गुगलले आग्रह गरेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया