सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सुनकाे मूल्य बढ्याे

काठमाडौँ - सुनको मूल्य तीन सयले बढेको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार १०० मा कारोबार भएकोमा सोमबार ३ सय बढेर ९२ हजार ४०० पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको सोबारको मूल्य प्रतितोला ९१ हजार ९०० पुगेको छ । आइतबार ९१ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार २६६ रुपैँया पुगेको छ ।