नेपाल बारकाे बैठक बस्दै, प्रधान्यायाधीशका कदमबारे छलफल हुने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ । पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक बस्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
प्रधानन्यायाधीश जबराले आइतबार मात्र बार र न्यायाधीशसँग छुट्टाछुट्टै बैठक गरेर आजका लागि फुलकोर्ट डाकेका थिए । तर, १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय लिएपछि विषय थप पेचिलो बन्दै गएको हो ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो । यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन् । पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया