पाँचखालका नगरप्रमुख खरेल र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । राजदूत गोडरले मेयर खरेललाई पाँचखालस्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट भेट गरेका हुन् । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका विषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए ।
इजरायल र पाँचखाल नगरबीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रविधि भित्र्याउने विषयमा छलफल भएको उनको भनाइ छ । केही समयमानै यसले मूर्त रूप लिने उनको विश्वास छ । 'चाँडैनै नगर र इजरायली राजदूतावासबीच समझदारी हुँदैँछ’ मेयर खरेलले भने ।
इजरायलले पाँचखालका किसानहरूलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेतिभन्दा नगदेबालीका विषयमा तालिमसमेत दिने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए । पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मूल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आइरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन्।
कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यही प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया