इस्लामाबादमा डेङ्गुका बिरामी बढे

इस्लामाबाद, पाकिस्तान- पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
आइतबारको २४ घण्टाको अवधिमा इस्लामाबादमा १४६ थप विरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ ।
संघीय राजधानीमा यो बर्ष अहिलेसम्म दुई हजार ८६७ जना डेङ्गुका कारण विरामी परेका छन् भने११ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीले डेङ्गुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन् ।
पञ्जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेङ्गुका ५४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्याङ्क बढी देखिएको समाचारमा जनाइएको छ । लाहोरमा ३६१ डेङ्गु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताए । (एएनआई)

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया