स्वास्थ्यमा सुधार आएपछि मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य थापालीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । दमको समस्या बढेपछि वैद्यलाई आइतबाट अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार गरिएको थियो भने स्वास्थ्य अवस्था स्थिर बनेपछि वार्डमा सारेर उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार आएपछि आइतबार अपराह्न डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । वैद्य उपचारत रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया