कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णाली : कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।
'पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन/तीन र रुकुमपश्चिमका एक जना छन्', प्रमुख कँडेलले भने, 'पछिल्लो २४ घण्टामा नौ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।' योसँगै यस प्रदेशमा उपचारपछि निको हुनेको सङ्ख्या छ हजार ७३४ पुगेको शाखा प्रमुख कँडेलले बताए ।
उनका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कर्णालीमा २२ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया