तोकिएकै मितिमा महाधिवेशन नभए पनि फरक पर्दैन : देउवा

फिदिम – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा आयोजना नभए पनि फरक नपर्ने बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘महाधिवेशन तोकिएको मितिमा २–४ दिन तलमाथि भएर केही फरक पर्दैन’, देउवाले भने, ‘तर महाधिवेशन पर सार्ने पक्षमा म छैन ।’ उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘पार्टीभित्र सकभर सहमति गरौं, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकोले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गरेर हुँदैन,’ देउवाले भने ।
सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै देउवाले मृतकका परिवारलाई २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी गराए । ‘विपदमा परेका जनतालाई सरकारले हेर्छ । त्यसैले म आएको हुँ’, देउवाले भने । त्यसअघि प्रधानमन्त्री देउवाले पाँचथर र इलामका बाढी, पहिरोले क्षति पुर्याएका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

प्रतिक्रिया