नेपालमा करिब २२ प्रतिशतले पूर्णमात्रा खोप लगाए

काठमाडौँ- नेपालमा कुल जनसंख्याको २१ दशमलव ७प्रतिशतले कोभिडविरुद्धको पैर्ण मात्रा खोप लगाएका छन् । तीन करोड ३ लाख ७८ हजार ५५ जनाको २८ दशमलव ३ प्रतिशतले पहिलो मात्रा लगाएका हुन् । पहिलो मात्रा २८ दशमलव ३ प्रतिशत जनताले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१५ वर्षभन्दा माथिका लक्षित २ करोड १७ लाख ५६ हजार ७६३ जनामध्ये ३० दशमलव ४ प्रतिशतले दुवै मात्रा खोप लगाएका हुन् । पहिलो मात्रा ३९ दशमलव ६ प्रतिशतले पहिलो मात्रा लगाएका हुन् ।
त्यसैगरी १८ वर्षभन्दा माथिका लक्षित समूहका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये ४३ दशमलव २ प्रतिशतले खोप लगाएका छन् । ३३ दशमलव १ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।
हालसम्म कुल १ करोड ५२ लाख ११ हजार १६१ जनाले खोप लगाएका छ्न् । पहिलो मात्रा ८६ लाख ६ हजार ९८८ र दुवै मात्रा ६६ लाख ४ हजार १७३ जनाल खोप लगाएका छन् ।
नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन, जापानी अष्ट्राजेनिका र स्वीडिन अष्ट्राजेनिका खोप लगाइएको छ । गत वर्षको माघको पहिलो सातादेखि कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । भारतबाट अनुदानस्वरुप १० लाख खोप प्राप्त भएको थियो । सरकारले सुरुवातीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई उक्त खोप लगाएको थियो ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया