चाँगुनारायण नगर क्षेत्रमा बंगुर फार्म सञ्चालनमा रोक

भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा बंगुरपालनमा रोक लगाएको छ । नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बंगुरपालन गर्न निषेध गरेको हो ।
केही दिनअघि बसेको नगरसभा बैठकले नगर क्षेत्रमा बंगुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले बिहीबार सूचना जारी गरेर आगामी ५ मंसिरभित्र सबै बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।
फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्याएको, फार्ममा उत्सर्जन हुने फोहर र ढल खोलादेखि स–साना खहरेमा सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै बंगुर फार्म सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ । स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गरेकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि सो निर्णय कार्यान्वयनमा ल्याइएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचना :

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया