कांग्रेसको आलोचना गर्दा एमालेले आफ्नै हालत नबिर्सियोस् : विश्वप्रकाश शर्मा
काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको हालत सम्झिन सुझाव दिएका छन् । ओलीले कांग्रेसमाथि आरोप लगाउँदा आफ्नो पार्टीको अवस्थाको हेक्का राख्न ओलीलाई सुझाव दिएका हुन् ।
एमालेको वडा अधिवेशन उद्घाटनका क्रममा शनिबार ओलीले आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस जस्तो पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्न नसकेको अभिव्यक्ति दिएका थिए । शर्माले ओलीको उक्त भनाइको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् ।
‘कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने कमरेड केपी शर्मा ओलीको आलोचना स्वीकार्य, आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद,’ शर्माले लेखेका छन्, ‘कांग्रेसको २०७२ फागुनमा महाधिवेशन हुनुभन्दा २० महिनाअघि एमालेको २०७१ असारमा भएको थियो महाधिवेशन ।’ ओलीले कांग्रेसलाई एक औंला तेर्स्र्याउँदा बाँकी औंला ओलीतिरै तेर्सिएको शर्माले टिप्पणी गरेका छन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया