अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाली तस्कर पक्राउ
न्युयोर्क - कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाइ फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् ।
ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो ।
एउटा टेलिभिजन अन्तर्वार्तामा कोलम्बियाका राष्ट्रपति इभान ड्युकले उनको पक्राउबाट आफू खुसी भएको बताए । ‘उनको पक्राउले देशमा लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले भने ।
ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए । उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ ।
उनीविरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो । एजेन्सी

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

प्रतिक्रिया