प्रदेश १ मा संसद् बैठक रोक्न यसकारण दियो कांग्रेसले निवेदन

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची भए पनि आजको अधिवेशन नै रोक्न नेपाली कांग्रेसले संसद् सचिवालयमा निवेदन दिएको छ । एमाले विभाजन भएपछि आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
आजै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदेश १ का विभिन्न जिल्ला भ्रमणमा छन् । कांग्रेसले देउवा आउने कार्यक्रम रहेको र संसद् बैठकमा सहभागी हुन नसक्ने भन्दै बैठक रोक्न माग गरेको जनाएको छ । तर, कांग्रेसले संसद् बैठक रोक्न माग गर्नुको पछाडि अर्कै कारण छ ।
एमालेबाट मुख्यमन्त्री बनेका आचार्य अल्पमतमा परेसँगै बागमतीमा नयाँ सरकारको खेल चर्किँदो छ । यहाँ नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा छ । तर, कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने मागअघि सारेर आजको बैठक सार्न निवेदन दिएको हो ।
बागमती प्रदेशमा पनि नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले सत्ता आलोपालो सञ्चालन गर्ने सहमति गरिसकेका छन् । प्रदेश १ मा पनि आलोपालो सरकारको नेतृत्व गर्ने पक्षमा आफूहरु रहेको प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
‘पार्टीभित्र हामीले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी हुनुपर्छ भनेर भनिरहेका छौँ,’ आज कांग्रेसले पनि सरकारको नेतृत्व गर्न पाउनुपर्छ भनेर स्थगित गर्न निवेदन दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘यो पनि कुरा हो । यहाँ अरु कुरा पनि छ । हामी छलफलमै छौँ ।’

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया