शनिबारबाट जोमसोममा ‘कबड्डी’ खेल्दै दयाहाङ र सौगात

काठमाडौँ - कोरोना महामारीको दोस्रो लहर आउनुअघि सुटिङमा निस्कने ठिक्क परेको ‘कबड्डी ४’ले शनिबारबाट सुटिङ सुरु गरेको छ । दसैँ लगत्तै फ्लोरमा निस्किएको फिल्मले मुस्ताङको जोमसोमबाट सुटिङ थालेको हो ।
निर्माण टिमले ‘कबड्डी ४’लाई यो शृंखलाको अन्तिम फिल्म बताएको छ । केही समयअघि नै टिजर सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ शृंखलाको अन्तिम फिल्म रहने बताएको थियो ।
अन्तिम शृंखलामा सौगात मल्ल जोडिएका छन् । दोस्रो भागमा काम गरेका सौगात तेस्रोमा अटाएका थिएनन् । चौथो शृंखलामा मैयाको रुपमा मिरुना मगर थपिएकी छिन् भने यही शृंखलाबाट भ्लगर गौमाया गुरुङ पनि फिल्मको हिस्सा बनेकी छिन् । गौमाया मिस युकेको २०११ कि विजेता पनि हुन् ।
‘कबड्डी’को पहिलो शृंखला ६ वर्षअघि प्रदर्शनमा आएको थियो । गाउँले परिवेश र भर्रा संवादले भरिएको फिल्मले सनसनी मच्चाएको थियो । त्यसपछिका शृंखलाले समीक्षक तथा बौद्धिक दर्शकबाट गाली पाए पनि बक्स अफिसमा भने फिल्मले पैसा छाप्दै आएको छ । ‘कबड्डी ३’ले मात्र १३ करोड ग्रस गरेको आंकडा सार्वजनिक भएका थिए । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्दै आएका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया