शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

एक लाख फाईजर खोप भाेलि आइपुग्‍ने : अमेरिकी दूतावास

फाइल तस्बिर

काठमाडौँ- अमेरिकाले नेपाललाई कोभिडविरुद्धक थप खाेप सहयोग गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराएको छ ।

उक्त खोप सोमबारसम्म नेपाल आइपुग्ने दूतावासले जनाएको छ। यसअघि जुलाईमा अमेरिकाले कोभिडविरुद्धको १५ लाख जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो।