प्रदेश १ सभा बैठक स्थगित गर्न एमाले र कांग्रेसको माग

विराटनगर - प्रदेश १ सभाको बैठक स्थगित गर्न नेकपा एमाले र नेपाली कांग्रेसले माग गरेका छन् । दुवै दलले आजको प्रदेश सभा बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेका हुन् ।
कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो । एमालेले कात्तिक ९ गते आफ्नो पालिका अधिवेशनलगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी त्यसबारे परामर्शमा रहेको जनाएको छ ।
आजै मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजन आज कार्यसूची छ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए।
आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए । प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्वासको मत नपाउने निश्चित छ ।
एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया