खोटाङमा शिक्षिका मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित

खोटाङ - शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित गरिएको हो ।
शिक्षिका मृत फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त भएपछि ८ कात्तिकमा गर्ने गरी वडा अधिवेसन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिवेसन सम्पन्न भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिबार ६८ वडाको अधिवेसन सर्वसम्मत ढंगले टुंगिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिवेसनको बन्दसत्र आइतबार हुने एमालेले जनाएको छ ।
शनिबार उद्घाटन गरेर बन्दसत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेसन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।
वडा अधिवेसनको तयारी नपुगेको भनिए पनि त्यही वडामा सदस्यता विवाद रहेको बताइएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेसन पनि स्थगित भएको छ । साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेसनको बन्दसत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।
आसन्न १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेसनबाट जिल्लाका २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित सदस्य चयन गर्ने छन् । ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया