कांग्रेस अधिवेशनबाट वडा उपसभापति बनेका एक जना एमालेको वडा सचिव चयन

दार्चुला - दार्चुलामा नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापति बनेका एक जना नेकपा एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट शंकरसिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापति चयन भएका थिए । शनिबार भएको एमालेको वडा अधिवेशनमा डोबाल सचिव चयन भएका छन् ।
‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका हुन् । एमालेमा प्रवेश गरे/नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकाली नगरपालिकाका प्रवक्ता पदमसिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीरसिंह डोबाल अध्यक्ष र शंकरसिंह डोबाल सचिव चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया