बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश १ जाँदै

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन् । क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जान लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रधानमन्त्री देउवा बाढीपहिरो र डुवान प्रभावित पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ । चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए । देउवा बिहान ८ बजे गएर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया