माधव नेपाल र दाहाल छद्मभेषी वामपन्थी हुन् : गोकुल बास्कोटा

बनेपा - नेकपा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका छन् । शनिबार धुलिखेल वडा नम्बर ६ र ७ को अधिवेशनको संयुक्त उद्घाटन गर्दै बास्कोटाले यस्तो आरोप लगाएका हुन् ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल छद्मभेषी वामपन्थी भएको टिपपणीसमेत गरेका छन् ।
‘माधव नेपालको पार्टी मरुभूमिमा पोखरी खोज्दै हिँडेको ऊँट जस्तो हो, पर पोखरी देखिएको जस्तो हुन्छ तर नजिक पुग्दा त्यो पोखरी हुँदैन,’ बास्कोटाले भने, ‘समाजवादी आन्दोलन बलियो बनाउन हैन, कमजोर बनाउन उनी चोइटिएका हुन् ।’ एमालेले काभ्रेका अधिकाशं वडामा सर्वसम्मत नेतृत्व चयन टुंग्याएको छ ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया