सुदूरपश्चिममा बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई १ लाख रूपैयाँ दिइने
कैलाली – सुदूरपश्चिममा बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले राहतस्वरूप १ लाख रूपैयाँ दिने भएको छ । बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले राहतस्वरूप १ लाख रूपैयाँ र किरिया खर्चवापत तत्काल प्रतिपरिवार २० हजार रूपैयाँ राहत दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन् ।
बेमौषमी वर्षाका कारण पूर्णरूपमा क्षति भएका घरपरिवारलाई तत्काल ५० हजार रूपैयाँ र घाइते सम्पूर्णलाई निः शुल्क उपचार गर्ने निर्णय भएको मन्त्री जोशीले जानकारी दिइन् । राहत तथा उद्धारमासमेत प्रदेश सरकार लागि परेको बताउँदै मन्त्री जोशीले शनिबार मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत डोटी र बझाङमा खाद्यान्न ढुवानी गरिएको जानकारी दिइन् । उनले आइतबार (भोलि)देखि सुदुरपश्चिम प्रदेशका अन्य जिल्लामासमेत राहत सामग्री पठाइने योजना सुनाइन् ।
३१ असोजदेखि ३ कात्तिकसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी सुदुरपश्चिम प्रदेशमा ३४ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २२ जना बेपत्ता भएको प्रदेश सरकारले जनाएको छ ।

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

प्रतिक्रिया