५ हजार भन्दा बढी वडामा एमालेको अधिवेशन सम्पन्न

काठमाडौँ – नेकपा एमालेको शनिबार सुरु भएको वडा अधिवेशन धेरै ठाउँमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालयबाट उद्घाटन गरेपछि एमालेको वडा अधिवेशन देशव्यापी रूपमा सुरु भएको हो ।
अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको विवरणहरू आएको र बाँकी वडामा पनि शान्तिपूर्ण रूपमा अधिवेशन सम्पन्न भएको उनले बताए । पालिका कमिटीका अधिवेशनहरू ९ कात्तिकमा हुने एमालेले जनाएको छ ।
६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी रहेको सचिव तामाङले बताए । अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन् । एमालेले १० औं महाधिवेशन १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने तय गरेको छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया