महिला लिग छनौटमा गोलको वर्षा कायमै, कन्काई एक्लैले गर्याे १९ गोल

काठमाडौँ- ललितपुरको सातदोबाटोमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोटमा गोलको वर्षा हुने क्रम जारी छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा भइरहेको प्रतियोगिताको शनिबार भएका खेलहरूमा कन्काई नगरपालिकाले १९ गोल गर्याे भने ललितपुर महानगरपालिकाले १० गोल गर्याे।
दिनको पहिलो खेलमा कन्काईले महालक्ष्मी नगरपालिकामाथि भारी अन्तरको जित दर्ता गर्दा कुशुम खतिवडाले आठ गोल गरिन् । उनको अलाबा विजयी टिमका लागि दीपा शाहीले पाँच गोल गरिन् भने सिमरन राई र ममता राउतको नाममा समान दुई–दुई गोल रह्यो । कन्काईलाई लगातार दोस्रो जित दिलाउन लक्ष्मी श्रेष्ठ र इमा राईले पनि एक–एक गोल गरे । पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकाविरुद्ध १२–० को जित हासिल गरेको थियो ।
शनिबारको दोस्रो खेलमा बागमती नगरपालिकाले गोदावरीलाई ७–० ले पन्छायो । बागमतीका लागि रश्मी कुमारी घिसिङले चार गोल गरिन् । अपराजित बागमतीका लागि गीता राना, सदिपा ब्लोन र अनु राईले एक–एक् गोल गरे ।
शनिबार नै भएको अर्को खेलमा ललितपुर महानगरपालिकाले कागेश्वरी नगरपालिकामाथि १०–० को जित दर्ता ग¥यो । ललितपुरको जितमा निर्मला विकले चार गोल गर्दा सम्झना लावतीले तीन गोल थपिन् । यसैगरी मनिषा राउतको नाममा दुई गोल रह्यो भने विजयी टिमले एक गोल उपहार पायो ।
लिग छनौट प्रतियोगितामा आइतबार पनि तीन खेल हुनेछन् । पहिलो खेलमा बाँसगढी नगरपालिकाले पुतलीबजार नगरपालिकाको सामना गर्नेछ भने दोस्रो खेलमा शिवसताक्षी नगरपालिका र देवचुली नगरपालिका भिडनेछन् । त्यसैगरी तेस्रो खेलमा भने काठमाडौं महानगरपालिकाले र रोङ गाउँपालिकाको चुनौती सामना गर्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया