राप्रपाको अधिवेशन ५४ जिल्लामा सम्पन्न

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आशन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । २७–३० कात्तिकमा काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, संखुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि ती स्थानमा पुनः अधिवेशन गर्ने पार्टी निर्वाचन समितिले जनाएको छ ।
क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि छनोट गर्न लागिएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । अधिवेशन गर्न बाँकी रहेका २३ जिल्लामा १४ कात्तिकसम्मको समयावधि तोकिएको छ । स्थानीय तहको चुनावपछि मात्र महाधिवेशन गर्न विभिन्न जिल्लाबाट सुझाव आएको राप्रपाले जनाएको छ । निर्धारित समयभित्र कार्यसूचीअनुसार काम हुन नसकेमा निर्वाचन समिति र अध्यक्षमण्डलको समन्वय तथा समझदारीमा अधिवेशन सार्न सकिने व्यवस्था छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया