एमालेमा फर्किएका कसैलाई पनि ओलीले राम्रो गर्दैनन् : माधव नेपाल
मेलम्ची – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्ने तर्क गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको नेपालको भनाइ छ । एमालेमा अध्यक्ष ओलीको आदेश पालना गरे मात्रै उनले राम्रो मान्ने नेपालले बताए । ‘ओलीको आदेश पालना गर्यो भने स्यबास, ऊ पार्टीमा बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने ट्याउँ-ट्याउँ गर्न ओलीले छोड्दैनन् । एमालेमा १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भइरहेको छ ।’
नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नै नगर्ने ओली प्रवृत्तिका कारण आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्नु परेको नेपालले बताए । ‘ओलीले कुनै नेतालाई सम्मान गर्न जानेका छैनन्, एमालेमा नेताबीच मर्यादा छैन । कुनै सम्मान छैन । हो यी सबै कारणले गर्दा हामीले विद्रोह गर्नुपरेको हो,’ नेपालले भने ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया