थपिए कोभिड-१९ का ७१० संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा मलुकभर थप ७१० जना कीभिड-१९ का संक्रमित थपिएका छन् । देशका विभिन्न ८० प्रयोगशालामा गरिएको परिक्षणमा थप ७१० जनामा कोभिड देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण नेपालमा एक हजार ७ सय ७७ जनाको मृत्यु भएको छ ।
शनिबार नेपालमा थप एक हजार एक सय ७५ जना कोभिडमुक्त भएका छन् । योसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।
नेपालमा अहिले ८ हजार ८४० जना आइसोलेसनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख ६६ हजार २१० नमुना पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया