प्रधानन्यायाधीश जबरालाई नेपाल बारले दियो १५ दिने अल्टिमेटम
काठमाडौँ – नेपाल बार एशोसियनिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई १५ दिने अल्टिमेटम दिएको छ । बारले विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको हो ।
‘हालको अवस्थामा नेबाएले आफ्नो ५/७ वर्ष अघिदेखि न्यायिक शुद्धता, निष्पक्षता कायम राख्न र विकृति विसंगति हटाउने विभिन्न उपायहरूमध्ये अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भईरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केहि समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला प्रणालीबाट पेशी तोक्ने भनि सुभाव दिएको र उपरोक्त सुझाव माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले समेत आफ्नो प्रतिवेदनमा समावेश गरेको र उक्त प्रतिवेदन लागू गर्ने सम्बन्धमा सम्माननीय प्रधानन्यायाधीशज्यूले प्रतिबद्धतासमेत जनाउनु भएको स्थितिमा दुई महिनासम्म पनि सर्वोच्च अदालत फुलकोर्टबाट निर्णय गराइ लागू गराउनेतर्फ तदारुकता नदेखाएको महसुस भएको छ । अतः उक्त प्रतिबेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायीक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन । स्थितिमा सर्वोच्चबाट उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिबद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं’ बारको विज्ञप्तिमा भनिएको छ ।
आज शुक्रबार बारको आकस्मिक बैठकसमेत बसेको थियो । बैठकले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल समेत गर्ने निर्णय गरेको बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

प्रतिक्रिया