प्रदेश १ मा ९० जनामा कोभिड संक्रमण

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ३१ महिलासहित ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो ।
झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, बिर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन, तीन, हल्दिबारी र कनकाईमा दुई, दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माइजोगमाइमा एक, एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो ।
प्रदेशमा शुक्रबार २९ महिलासहित ५३ जना कोभिड संक्रमणमुक्त भएका छन् भने दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

प्रतिक्रिया