चिकित्सा शिक्षा आयोगको गाँठो फुकाउने काम गर्छु : शिक्षामन्त्री पौडेल

भक्तपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गरेका छन् ।
शुक्रबार मन्त्री पौडेलका साथै राज्यमन्त्री वोधमायाकुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियासहितको टोलीले आयोग र केन्द्रको निरिक्षण गरेको हो । निरिक्षणपछि मन्त्री पौडेलले सय दिनभित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।
शिक्षामन्त्री पौडेलले संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने बताए । उनले आयोगले काम गर्ने क्रममा आइपर्ने समस्याको गाँठो फुकाउने प्रतिबद्धतासमेत जनाए ।
उनले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने, एक वर्षे र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिए । यसअघि मन्त्री पौडेलले बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को निरीक्षण गरेका थिए ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया