थप ७०८ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोभिडका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया