चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- नेपालका लागि एक आवासिय र तीन गैर आवासिय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । उनीहरुले शीतल निवासमा आयोजीत एक समारोहमा ओहोदाको प्रमाणपत्र बुझाएका हुन । ब्राजिल, इटाली माल्टा र दक्षिण अफ्रिकाका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपालमा ब्राजिलको दूतावास रहेको छ । अन्यको भने अर्काे मुलुकबाट नेपाल नियाल्ने गर्छ ।
ब्राजिलका कार्लोस अल्वेर्टो मिसायल्सेन डेन हर्टोग नेपालका लागि आवासिय राजदूत हुन् । उनले ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपाल र ब्राजिलकको सम्बन्धको बारेमा राष्ट्रपतिसँग सक्षीप्त कुराकानीसमेत गरेका थिए । उनले दुई पक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य अपरिहार्य रहेको समेत बताएका थिए । ब्राजिल र नेपाल दुवै प्राकृतिक स्रोतले धनी मुलुक भए पनि सहकार्य हुन सकेको छैन् ।
इटालीका गैरआवासिय राजदूत भिन्सेन्जो डे लुका, माल्टाका रौबेन गौसी र दक्षिण अफ्रिकाका जोइल सिबुसिसो न्डेबेलेले पनि ओहोदाको प्रमाणपत्र बुझाएर छुट्टा छुट्टै दुईपक्षीय विषयमा संक्षीप्त कुराकानीसमेत गरेका थिए ।
सरकारले राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउँदा निकै तामझाम गर्ने र वग्गिमा राखेर बाजागाजा सहित शीतल निवास पुर्याउने गरेको भए पनि त्यो कार्य कोभिड–१९ सँगै रोकिएको छ । तर, त्यसलाई सुचारु गर्ने जाँगर अझै परराष्ट्र मन्त्रालयले गरेको छैन ।
नेपालमा आउँदा त्यो प्रकारको फरक स्मरण गर्न सकुन भन्ने ध्येयले त्यो कार्य थालनी भए पनि कोभिड देखाएर सजिलो तरिक अपनाएका छन् । यस्ता कार्यमा शिष्टाचार माहापालले ध्यान दिन पर्ने भए पनि त्यस तर्फ भन्दा अन्य विषयमा ध्यान केन्द्रित हुन पुगेको भन्दै परराष्ट्रमा हाँसो र ठट्टासमेत हुनेगर्छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया