शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

भक्तपुरविरुद्ध बाँसगढीको १२ गोल

काठमाडौँ- उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा शुक्रबार बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । बाँसगढीले भक्तपुरको पोस्टमा १२ गोल गर्‍यो । 

बाँसगढीको जितमा अमिसा कार्की एक्लैले सात गोल गरिन् । त्यसैगरी, मनिका घर्ती मगरले दुई गोल थपिन् भने रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुल्सा योगीले समान एक–एक गोल गरे ।