आइपिएल टिम किन्न खोज्दै रनवीर र दीपिका

मुम्बई - इन्डियन प्रिमियर लिग (आइपिएल)को नयाँ टिम किन्ने सूचिमा बलिउड जोडी रनवीर सिंह र दीपिकाको नाम पनि चर्चामा आएको छ । जोडीले अंग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र अदानी समूहसँगै आइपिएलको नयाँ टिम किन्न लागेको हो ।
रनवीर र दीपिकाले शाहरुख खान, जुही चावला र प्रीति जिन्टाको सिको गर्दै क्रिकेट टिम खरिद गर्न लागेका हुन् । शाहरुख र जुही कोलकाता नाइटराइडर्सका मालिक हुन् भने प्रीति पञ्जाब किंग्सकी मालिक्नी हुन् ।
रनवीर सिंहले क्रिकेट क्लब किन्न लागेको भए पनि उनी क्रिकेट नभई फुटबलका फ्यान हुन् । अंग्रेजी क्लबका खेल पछ्याउने रनवीर बेलाबखत भने फुटबल खेलिरहेका भेटिन्छन् ।
उता दीपिका भने ब्याडमिन्टनकी खेलाडी हुन् । रनवीरले क्रिकेट खेलाडी कपिल देवको जीवनीमा आधारित ‘८३’मा काम गरेका छन् । सन् २०२२ मा यो फिल्म प्रदर्शनमा आउँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया