एमसीसी संशोधन गर्न आवश्यक छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने बताएका छन् । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न बिहीबार सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशोधन गर्नु नपर्ने बताए ।
उनले एमसीसीबारेमा झूठा प्रचार गरिएको बताउँदै विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै यसबारेमा अनावश्यक हल्ला गर्नुको कुनै तुक नरहेको बताए ।
त्यस्तै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताएका छन् । प्रधानमन्त्री देउवाले बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएको देख्दा आफू दुःखी भएको बताउँदै तत्काल बाढी पहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेजमार्फत राहत उपलब्ध गराउने बताए ।
प्रधानमन्त्री देउवा आज कैलालीका विभिन्न बाढीपीडित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया