पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

कञ्चनपुर- महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।
नेकपा (एमाले) भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिरुवा र सचिव भगतसिंह विकले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'महाकाली नदीमा निर्माणाधीन पुलको पहुँचमार्ग (भाइरल रोड) निर्माणमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन रहेको व्यापक जनगुनासो आएको हुँदा उक्त निर्माणकार्यको आवश्यक छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ ।'
यसैगरी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाइसीएल सचिव तिलक जप्रेल, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका संयोजक रमेश पन्त र युवासङ्घ नेपालका सहसंयोजक मुकेश सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने छ लेनको महाकाली पुलको आयोजना राष्ट्रकै गौरवको योजनाका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण क्षतविक्षत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरी के-कति कारणले भएको भन्ने कुराको सत्यतथ्य छानबिन गर्न समिति गठन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।' निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ । सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् । रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया