फाईजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने
देशभरका २४ अस्पतालमा लगाइने

काठमाडौँ- सरकारले फाईजर खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई लगाउने भएको छ । अमेरिकन फाईजर खोप आगामी सोमबारसम्ममा नेपालमा उक्त खोप ल्याइने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका डा. सागर दाहालले जानकारी दिए । कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय खोप आयात हुन लागेको हो ।
दाहालका अनुसार यसअघि खोप लगाउन छुटेका दीर्घ रोगीलाई उक्त खोप लगाइन्छ । सरकारले किड्नी, मुटु र मधुमेह जस्ता रोगीलाई खोप लगाउने तयारी गरेको छ ।
देशभरका विभिन्न २४ अस्पतालमा फाईजर खोप लगाइने दाहालले जानकारी दिए । काठमाडौँ उपत्यकाको ९ वटा अस्पतालमा र बाँकी उपत्यका बाहिरका अन्य अस्पतालमा उक्त खोप लगाउने भएको हो ।
फाईजर खोप दुई डोज लगाउनुपर्ने दाहालले बताए । पहिलो डोज खोप लगाएको २१ दिनदेखि २८ दिनभित्रमा दोस्रो मात्रामा लगाउनुपर्नेछ । उक्त खोप अल्ट्रा लो टेम्प्रेचरमा राख्न मिल्ने गरी प्राविधिक रुपम व्यवस्थापन गरिएको छ ।
फ्रिजमा माईनस ७०-८० डिग्रीको तापक्रमसम्म व्यवस्थापन गर्न सकिने गरी तयारी खोप भण्डारणले शाखाले गरेको छ ।फाईजर खोप राख्न सय लिटरको चार वटा फ्रिज ल्याइएको छ । खोप राख्नका लागि फ्रिज युनिसेफले उपलब्ध गराएको हो ।
डेढ करोड बढी खोप भित्रियो
भारतबाट अनुदानस्वरुप प्राप्त १० लाख कोभिसिल्ड खोप नेपाल भित्रिएसँगै गत वर्षको माघ १४ गतेदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या डेढ करोड बढीले लगाइसकेका छन् । यो समाचार तयार पार्दासम्म लक्षित जनसंख्याको पहिलो मात्रा ८५ लाख ८१ हजार १९५ दूवै मात्रा ६५ लाख ४६३ जनाले लगाएका छन् ।
चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप, खरिद गरी १० लाख र कोभ्याक्स मार्फत ३ लाख ४८ खोप ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन, फाइजरको कोभ्यान्टिक र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति दिएको छ ।
कात्तिकसम्म चीनबाट १६ लाख ल्याइने
चीनले अनुदानस्वरुप थप १६ लाख डोज खोप उपलब्ध गराउन लागेको छ । कात्तिक महिनाभित्र आयात गर्न लागिएको दाहालले जानकारी दिए ।

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

प्रतिक्रिया