लागूऔषध ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

झापा - झापाको मेचीनगर नगरपालिका ७ स्थित सीमा इलाकाबाट कात्तिक ३ गते सशस्त्र प्रहरीले ब्राउन सूगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ भुटानी शरणार्थी क्याम्पमा बस्ने मनिष राई र बलराम लिम्बु रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोडर आउटपोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच
गर्दा उनीहरुको साथमा ४ ग्राम ब्राउन सूगर फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई ब्राउन सूगरसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाइएको एपीएफले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया