शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

हुम्लावासीलाई चिनियाँ सहयोग

काठमाडौँ -  चीनले नेपालको उत्तरी जिल्ला हुम्लालाई कोभिड–१९ महामारीविरुद्ध लड्न भन्दै स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहयोग गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार हुम्लालाई चिनियाँ विदेश मन्त्रालय र तिब्बत सरकारले सहयोग गरेको हो ।  

सीमा सहकार्य अन्तर्गत हुम्लालाई सहयोग गरिएको चिनियाँ राजदूतावासको भनाइ छ । ‘चिनियाँ विदेश मन्त्रालय तथा तिब्बतको स्थानीय सरकारले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न सीमा सहकार्य आवश्यक छ । यो लडाइमा हामी सँगै लड्न आवश्यक छ,’ चिनियाँ राजदूत होउ यान्छीले भनेकी छन् ।