प्रदेश २ मा बाढीले गरेको क्षतिको विवरण संकलन सुरु
जनकपुरधाम - गत दुई दिनअघि भएको अविरल वर्षाले भएका क्षतिको विवरण संकलन कार्य प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले थालेको छ ।
बिहीबार मन्त्री विजय यादवले मन्त्रालयमा एक पत्रकार सम्मेलन आयोजना गरी कातिक १ र २ गते भएको अविरल वर्षाले धानबाली, तरकारी बाली, मत्स्य फार्म लगायतमा भएको क्षतिको विवरण संकलन गर्न माहातका निकायलाई पत्राचार गरिसकिएको जानकारी दिए । उनले आफू मातहातका निकाय भन्दा यकिन विवरण स्थानीय तहले संकलन गर्न सक्ने भएकाले सहयोग गर्न आग्रह गरे ।
मन्त्री विजय यादवले तथ्यांक संकलन पछि प्रदेश सरकारले राहत घोषणा गर्ने बताए । उनले क्षति भएको तथ्यांक संकलन नभएसम्म राहत घोषणा गर्न नसकिने भएकोले वर्षा तथा हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न आठ वटै जिल्लामा काम थालिएको बताए ।
मन्त्री यादवले यस प्रदेशको आठ वटै जिल्लामा करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएकोमा धानबाली भित्राउने समयमा वर्षाले क्षति भएको जानकारी समेत दिए । मन्त्री यादवले अहिलेसम्म पाएको सूचना अनुसार फाटफुट रुपमा कटानी भएको पाजा पसही खेतमा नै डुबेको, हावाको बेगका कारण लामो उचाइ भएका जातका धान ढलेको जानकारी प्राप्त भएको बताए ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया