डोटीमा बाढी, पहिरो र डुबानमा परेर १६ जनाको मृत्यु

डोटी - बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो । आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिराका कारण १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया