मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

शाहरुख खान र अनन्या पाण्डेको घरमा लागु औषध नियन्त्रण विभागको छापा

मुम्बई - मुम्बईको लागु औषध नियन्त्रण विभागले शाहरुख खानको घरमा छापा मारेको छ । आज मात्र छोरालाई जेलमा भेट्न पुगेका शाहरुखको घरमा विभागले आज नै छापा पनि मारेको समाचार छ । 

बुधबार अदालतमा शाहरुखका छोरा आर्यन खानलाई जमानतमा छोड्न अस्वीकार गरेसँगै बिहीबार शाहरुख छोरालाई भेट्न आर्थर रोडमा रहेको जेल पुगेका थिए । 
विभागले बिहीबार नै अभिनेत्री अनन्या पाण्डेको घरमा पनि छापा मारेको छ । ड्रग्स रहेको आशंकामा उनको घरमा पनि छापा मारेको समाचारहरूमा उल्लेख छ । 


सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ड्रग्स काण्ड सतहमा आएको थियो । विभागले यो क्रममा धेरै कलाकारलाई सोधपुछ गर्ने र नियन्त्रणमा लिने गरिरहेको छ । शाहरुख खानका छोरा आर्यन खानलाई पनि मुम्बईमा भएको एक क्रुज पार्टीमा ड्रग्स सेवन गरेको अभियोगमा विभागले नियन्त्रणमा लिएको हो । 
आर्यन १५ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।