जारी प्रथामा नरेन र सुरक्षाको ‘बुलाकी’

काठमाडौँ - अर्काकी श्रीमतीलाई भगाएपछि तिनुपर्ने क्षतिपूर्ति अर्थात जारी प्रथामा आधारित रहेर अर्को फिल्म बन्ने भएको छ । उपेन्द्र सुब्बाले यही प्रचलनमा आधारित रहेर ‘जारी’ शीर्षककै फिल्म बनाएका छन् जुन निर्माण भएर प्रदर्शनको पर्खाइमा छ ।
यही प्रथामा आधारित रहेर लक्ष्मण सुनारले पनि फिल्म बनाउने भएका छन् । ‘बुलाकी’शीर्षकमा बन्न लागेको यो फिल्ममा नरेन खड्का र सुरक्षा पन्त मुख्य भूमिकामा रहनेछन् ।
डोल्पाका विभिन्न रमणीय लोकेशनमा छायांकन गरिने यो फिल्ममा नरेन र सुरक्षासँगै विराज विष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री, प्रकाश कँडेल, सन्ध्या पौडेल आदि कलाकारको अभिनय रहनेछ ।
स्थानीय बोलीचालीको भाषामा निर्माण गर्न लागिएको फिल्मको केही दृश्य मेक्सिकोमा समेत छायांकन गरिने बताइएको छ । राजबहादुर सानेको कथा, राजबहादुर, निर्मल पौडेल र निर्देशक सुनारकै पटकथा रहेको फिल्मलाई शिव ढकालले खिच्ने छन् । मोती बिष्ट तथा गोपाल बिष्टद्वारा निर्माण गरिने उक्त फिलमको छायांकन दसैँ लगत्तै प्रारम्भ हुने बताइएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया