तीन दिनदेखि तुम्लिङमा फसेका चार विदेशीको हेलिकाेप्टरमार्फत उद्धार

हुम्ला - हिमपातले तीन दिनदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तुम्लिङमा अलपत्र परेका चार विदेशीसहित तीनजना नेपाली नागरिक गरेर सातजनाको हेलिकाेप्टरमार्फत उद्धार गरि सिमकोट ल्याइएको छ ।
हिमपातले वडा ६ लिमिको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चारजना स्लोभिनियाका नागरिक रहेका हुन् भने तीनजना उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगार्ड रहेका छन् । अलपत्रमा परि उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर,कोट्निक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला रहेका हुन् ।
हिमपातले तीनदेखि लिमिको तुम्लिङमा अलपत्र परेका स्लोभिनिया तीन जना पुरुष र एक जना महिला तथा तीन जना नेपाली ट्रेकिङगार्डको एयर डाइनेष्टिक हेलिकाेप्टरबाट उद्वार गरि सिमकोट ल्याएको छ ।
सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमिको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगार्ड अशिम तामाङले बताए । लिमिको हल्जी गाउँमा गएर टेलिफोन गरि हेलिकाेप्टर बोलाएको तामाङले बताए ।
उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमानस्थलले जनाएको छ । यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य ६ जना नेपाली नागरीहरू बिहीबारबाट मौसम सफा रहेकाले पैदल मार्ग भएर खच्चडसँग सिमकोट पुग्ने तामाङले जानकारी दिए । आइतरबार रातिदेखिको अवरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए । न्यूजकारखाना

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया