बाढीपहिरो : क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाँदैछन् । उनी काठमाडौंबाट सुर्खेत जानेछन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन् । त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् ।
मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया