बाढी प्रभावित कृषकलाई क्षतिपूर्ति दिन माग

बुटवल - नेकपा एमाले लुम्बिनीले बेमौसमी वर्षाका कारण प्रभावित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबालीसहित भर्खरै लगाएको हिउँदे तरकारीमा समेत क्षति पुगेकाले एमालेले प्रदेश सरकारसमक्ष क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आज प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ ।
विगत चार दिनदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा भएको बाढी, पहिरो र धनजनको क्षतिका तथ्याङ्क सङ्कलन गरी जनतालाई उचित राहतको व्यवस्था गर्न माग गरिएको एमाले प्रदेश संसदीय दलका उपनेता वैजनाथ चौधरीले आज दलको कार्यालयमा आयोजित पत्रकारमा जानकारी गराए ।
मौसम पूर्वानुमान विभागले अविरल वर्षा हुन सक्ने भन्दै तीन दिनअघि नै मनसुनमा बदली हुने, ठूलो पानी पर्ने र लुम्बिनी प्रदेशसहित देशभरि नै वर्षाका कारण क्षति हुनसक्ने सूचना प्रवाह नहुँदा कृषकले ठूलो क्षति व्यहोर्नु परेको एमालेले जनाएको छ । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया