आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

अस्ट्रेलिया र चीनबीच चिसियो सम्बन्ध, अन्य मुलुकलाई पाठ

अस्ट्रेलिया आर्थिक रुपमा चीनसँग एकदमै निरर्भर छ । यदि अस्ट्रेलियालाई पनि पश्चिमा मुलुक मानिदिने हो भने, उ जत्तिको चीनसँग निरर्भर रहेको अर्को पश्चिमा मुलुक छैन । तर यती हुँदाहँदै पनि अस्ट्रेलिया र चीनबीचको सम्बन्ध सम्बन्ध क्रमशः चिसिँदै गएको छ । एसिया प्यासिफकमा मध्यम शक्तिका रुपमा उदाँउदै गरेको अस्ट्रेलियाले, अमेरिका, युरोप लगायतका मुलुकसँग चीनका विरुद्ध उभिने निर्णय लिएको छ । तर यसको परिणाम सरल हुने देखिदैन । कती सम्म भने, चीनसँगको बिग्रदो सम्बन्धका कारण अस्ट्रेलियाको अर्थतन्त्र नै अफ्‍ठेरोमा पर्नसक्ने संकेत देखा परिरहेका छन् ।

सधै बहुपक्षिय ब्यपारमा जोड दिदै आएको अस्ट्रेलियाले किन चीनसँगको सम्बन्ध बिगार्ने कदम चाल्यो त ? आफ्नो कुल विदेश निर्यातमा चालिस प्रतिशत हिस्सा भएको मुलुकविरुद्ध किन उभिने निर्णय गर्‍यो त ? त्यसो त ब्यापारले मात्र दुई मुलुक जोडिएका छैनन् । करिब २५ मिलियन जनसंख्या भएको अस्ट्रेलियामा १.२ मिलियन त चिनियाँ नै छन् । अस्ट्रेलियाले जस्तै अरु मुलुक पनि चीनसँगको सम्बन्धमा यसरी नै प्रस्तुत हुनसक्छन् ? उनीहरुका लागि अस्ट्रेलिया पाठ बन्‍न सक्छ, सक्दैन ? यस आलेख यी प्रश्नहरुलाई उधिन्‍ने प्रयत्न गर्नेछ ।

अस्ट्रेलियालाई लिएर चीनको एउटा महत्वपूर्ण चासो छ । आफुलाई एसियामा घेर्ने अमेरिकाको रणनीतिमा अस्ट्रेलिया सहभागी नहोस भन्‍ने चीनको चासो हो । चीनको यो चासोलाई मलजल गर्न तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०११ मा दिएको भाषण काफी रह्यो । अस्ट्रेलिया भ्रमणमा आएका बखत ओबामाले त्यहाँको संसदमा भाषण गर्दै भनिदिए, अमेरिकाको विदेश नीतिमा एसिया महादेश महत्वपूर्ण छ । त्यसबाट चीन झस्कियो ।

ओबामाको भ्रमणसँगै, दुई मुलुकले रक्षा सम्बन्ध मजबुत बनाउने बाचा गरे । अनि अमेरिकाको हवाई सेना र मरिनले उत्तरी अस्ट्रेलियाको भ्रमण बढाउने, पश्चिमी प्यासिफिकमा उपस्थिती बढाउने लगायतका घोषणा पनि गरियो । पश्चिमी प्यासिफिक, बलियो बन्दै गएको चिनियाँ फौजको पहुच भन्दा बाहिर छ । तर त्यहाँ अमेरिकी फौजले आफ्नो उपस्थिती बढाउने भन्दा चीन किन शसंकित भयो ? त्यसको प्रमुख कारण, अस्ट्रेलियन सञ्चारमाध्यमहरुको प्रस्तुती ।

अस्ट्रेलियन सञ्चारमाध्यमले चीनसँगको सम्बन्धमा असर पर्ने प्रकारको सामाग्री प्रकाशन गर्न कम गरेनन् । सन् २०१५ मा एक चिनियाँ कम्पनीले डार्विनको बन्दरगाहा लिजमा लिने भएपछि अस्ट्रेलियन सञ्चारमाध्यमले प्रकाशन गरेको सामाग्रीले चीन प्रतिको धारणा थप नकारात्मक बन्यो । सन् २०१६ देखि २०२० सम्मको मिडिया सामाग्री केलाउने हो भने चीनलाई अस्ट्रेलियन समाजको शत्रुका रुपमा चित्रित गर्ने प्रयास गरिएको भान हुन्छ । क्यानबेरा र बेइजिङको सम्बन्ध बिग्रनुमा मिडियाको मात्र हात छैन । अस्ट्रेलियन राजधानी स्थित सुरक्षा निकाय र केही प्रभावशाली ब्यक्तिहरुको पनि भूमिका छ । विभिन्‍न पुस्तक मार्फत अस्ट्रेलियन राजनीतिकर्मीलाई बेइजिङसँग जोड्ने देखि चिनियाँ मूलका अस्ट्रेलियनले चिनियाँ खुफिया एजेन्टका रुपमा विभिन्‍न सहरमा मुलुकका विरुद्ध काम गरिरहेको भन्‍ने आरोप सम्म लगाइयो ।

अस्ट्रेलियन सञ्चारमाध्यमले चीनसँगको सम्बन्धमा असर पर्ने प्रकारको सामाग्री प्रकाशन गर्न कम गरेनन् । सन् २०१५ मा एक चिनियाँ कम्पनीले डार्विनको बन्दरगाहा लिजमा लिने भएपछि अस्ट्रेलियन सञ्चारमाध्यमले प्रकाशन गरेको सामाग्रीले चीन प्रतिको धारणा थप नकारात्मक बन्यो ।

अस्ट्रेलियन प्रेसमा लगातार नकारात्मक सामग्री आउने र चीनलाई भिलेनका रुपमा प्रस्तुत गर्ने सिलसिला नरोकिएपछि बेइजिङले चुनौति महसुस गर्न थाल्यो । अस्ट्रेलियाले चीनलाई लक्षित गरेर विभिन्‍न कदम चाल्यो । फाईभ जीमा चिनियाँ कम्पनीको उपस्थिीतीलाई बन्देज गरियो । अस्ट्रेलियामा लगानी गर्न चाहाने विदेशीे कम्पनीलाई अनुमती दिने प्रक्रियालाई कडा पारियो । अस्ट्रेलियन विश्वबिद्यालयमा विदेशीले जासूसी गरिरहेको र त्यसलाई नियन्त्रण गर्नुपर्ने भन्दै कार्यदल बनाइयो । अनि अस्ट्रेलिया भरी भइरहेको विदेशी जासूसीलाई नियन्त्रण गर्न भन्दै नयाँ कानुन ल्याईयो । यी सबै कदम चीनप्रति लक्षित थिए ।

अस्ट्रेलियन समाजमा चिनियाँ गतिविधी बढिरहेको भन्दै आवश्यक कदम चाल्नुपर्ने माग चौतर्फी उठिरहेको अवस्थामा अस्ट्रेलियन सरकारले यी कदम चालेको थियो । कतिपय अस्ट्रेलियन सासंदले त आफ्नो सरकारले अमेरिका र युरोपियन मुलुकले जस्तै चीनविरुद्ध कडा नीति अख्तियार गर्नुपर्ने माग सार्वजानिकरुपमै राखिरहेका थिए । अनि अस्ट्रेलियन सुरक्षा प्रमुखहरुले मुलुकको राजनीतिमा र समाजमा विदेशी खुफिया एजेन्सीहरुको हस्तक्षेप बढेको अभिब्यक्ति पनि चीनप्रति लक्षित थियो । भलै उनीहरुले चीनको नाम लिइरहेका थिएनन् ।

दुई मुलुकबीचको सम्बन्ध सन् २०२० मा झन खराब बन्यो । जसका लागि केही घटनाहरुको उल्लेखिय भूमिका रह्यो । जस्तै, कोभिड-१९ का विषयमा स्वतन्त्र छानबिन गर्नुपर्ने अस्ट्रेलियाको राखेको माग । साउथ चाइना सीमाथिको चीनको दाबीलाई अस्विकार गर्ने अस्ट्रेलियाको नीति । अस्ट्रेलियामा चिनियाँ पत्रकारहरु बस्‍ने घरमा प्रहरीको छापा । सन् २०२० डिसेम्बरमा ल्याइएको नयाँ कानुन, जसले अस्ट्रेलियाका राज्यहरुले चिनियाँ सरकारसँग कुनै लगानी सम्झौता गरेको भए, खारेज गर्ने अधिकार प्रदान गर्छ । एक अस्ट्रेलियन सासंदले ‘चिनियाँ मूलका अस्ट्रेलियन चीन सरकारको एजेन्टका रुपमा काम गरिरहेको हुनसक्ने खतरा’ भन्दै राखेको अभिब्यक्तिलाई सरकारले खण्डन नगर्नु ।

क्यानबेरास्थित चिनियाँ राजदुताबासले ‘अस्ट्रेलियाले गरेका गल्तीहरु’ भन्दै सार्वजानिक गरेको सूचीमा माथि उल्लेख गरिएका घटनाहरुलाई पनि समावेश गरिएको छ । सम्बन्धमा चिसोपना बढेसँगै, अस्ट्रेलियाको चीनतर्फको निर्यातले अवरोधको सामना गर्नुपरिरहेको छ । अस्ट्रेलियाले आफुविरुद्ध कदम चालेको र उसलाई तह लगाउन उसको निर्यातमा अवरोध गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको चिनियाँ बुझाई छ । क्यानबेराबाट सम्बन्ध सुधारका लागि प्रयास नभइरहेका होईनन् । तर अस्ट्रेलियन समकक्षीबाट आउने प्रस्ताबलाई चिनियाँले ठाँडै नकारिरहेका छन् । यसबाट पनि प्रस्ट हुन्छ, चीन दुई मुलुकबीचको सम्बन्ध बिग्रनुमा अस्ट्रेलियालाई दोषी देखाउन चाहान्छन् । चीनले निर्यातमा गरेको अवरोधलाई, अस्ट्रेलिया डब्लुटिओमा उठाउन चाहान्छ । तर, त्यसले चीनलाई आफ्नो नीतिमा परिवर्तन गर्न दबाब दिने सम्भावना देखिदैन ।

केही समयअघि चिनियाँ कुटनीतिज्ञले सामाजिक सञ्जाल टुईटरमा अस्ट्रेलियन सेनाका एक जवानले  अफगानी बालकको घाँटीमा चक्कु राखिरहेको फोटो राखेर पोस्ट गरे । यो घटनाले दुई मुलुकबीचको सम्बन्ध कती बिग्रिसकेको छ भन्‍ने संकेत गरेको छ । अस्ट्रेलिया र चीनबीचको सम्बन्ध बिग्रनुमा सामाजिक सञ्जालमा गरिने पोस्ट र मिडिया सामाग्रीको महत्वपूर्ण देन छ । त्यसो त, अस्ट्रेलियन मिडियामा चीनसँग सम्बन्धित हरेक सामाग्रीमा बेइजिङलाई शत्रुका रुपमा चित्रण गर्ने गरिएको छ । त्यसैले पनि, चीनको क्यानबेरास्थित राजदुतावासले जारी गरेको सूचीमा अस्ट्रेलियन मिडियाको भूमिकालाई पनि उल्लेख गरिएको छ ।

अस्ट्रेलियाले आफुविरुद्ध कदम चालेको र उसलाई तह लगाउन उसको निर्यातमा अवरोध गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको चिनियाँ बुझाई छ ।

अस्ट्रेलियालगायतका लोकतन्त्रमा प्रेसको भूमिकालाई कुण्ठित पारिदैन । तर चीनको प्रेस राज्यको मुखपत्रमा सिमित छ । त्यसकारण पनि चीनले अस्ट्रेलियन पे्रसको भूमिकालाई रुचाएको देखिँदैन । त्यसो त, स्थानिय मिडियामा आउने सामाग्रीका कारण अस्ट्रेलियन सरकारलाई घरेलु राजनीति र अन्तराष्ट्रिय सम्बन्धका बीच सन्तुलन कायम गर्न सजिलो छैन । उता, अस्ट्रेलियन मिडियामा आउने सामाग्रीका कारण चिनियाँ मूलका अस्ट्रेलियन नागरिकहरुलाई पनि शंकाको दृष्टीले हेरिने वातावरण बनिरहेको छ । जसले गर्दा, चीन र उसको नीतिलाई गहिरो तरिकाले बुझ्न सक्ने चिनियाँ मूलका अस्ट्रेलियन, मुलुकको विदेश नीति बनाउने ठाउँसम्म पुग्नसक्ने अवस्था छैन ।

अस्ट्रेलियाको चीनसँगको सम्बन्धलाई ‘डिल’ गर्ने शैली अन्य मुलुकका लागि राम्रो पाठ बन्‍न सक्छ । त्यसो त अस्ट्रेलियाले चीनसँगको सम्बन्धलाई ‘डिल’ गर्दा तथ्यमा अडिग रहनु भन्दा भावनामा बगेको देखिन्छ । अन्तराष्ट्रिय राजनीतिमा कुनै पनि मुलुकले तथ्यमा भन्दा भावनामा केन्द्रित हुने नीति अंगाल्नु भनेको एकप्रकारको ‘पपुलिजम’ नै हो । क्यानबेरालाई बेइजिङसँगको सम्बन्धलाई सुर्धानु पर्ने आवश्यकता छ । तर अस्ट्रेलियाका लागि अबको बाटो सहज छैन ।

स्वभाविकरुपमा अस्ट्रेलिया, विश्वशक्ति अमेरिका लगायतका पश्चिमा मुलुकसँग नजिक छ । चीनसँगको सम्बन्ध बिग्रदै गर्दा अस्ट्रेलियाले ती मुलुकसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरेको छ । त्यसकारण पनि चीनसँगको सम्बन्ध सुधारका लागि जे-जस्तो कदम चाले पनि अ‍ेमरिका लगायतको नजर अस्ट्रेलिया माथि हुन्छ नै । नजर राख्ने मात्र होईन, अस्ट्रेलिया र चीनबीच सम्बन्ध थप बिग्रियोस भन्‍नेमै छन्, अमेरिका र अन्य युरोपियन शत्तिहरु । निश्चय पनि, चीनसँगको सम्बन्ध सुधारका लागि अस्ट्रेलियाले चाल्ने कदमलाई अमेरिकालगायतले स्वागत गर्ने सम्भावना देखिँदैन । त्यसकारण, अस्ट्रेलिया अन्तराष्ट्रिय राजनीतिमा जेलिएको छ ।

(जोन लीले सप चाइनाका लेखेको लेखकाे अनुवाद )