श्रम मन्त्रीद्वारा श्रम कार्यालय बुटवलमा छड्के

बुटवल - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले श्रम कार्यालय बुटवलमा छड्के निरीक्षण गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक बुटवलका आएका मन्त्री श्रेष्ठले बुटवलको रामनगरमा रहेको श्रम कार्यालयमा बुधबार छड्के निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिए । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई सेवाग्राहीहरूले दिनमा ५०/६० वटाको मात्रै काम भएकाे हुँदा अनलाइन फर्म भरेर हप्तादिनसम्म कुर्नु परेको भन्दै तत्काल समस्या समाधन गरिदिन आग्रह गरे ।
मन्त्री श्रेष्ठले सेवाग्राहीका समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । निरीक्षणमा लुम्बिनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री रमा घर्तीसमेत गएकी थिइन् ।

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

प्रतिक्रिया