बझाङमा पहिरोमा परेर चार जनाको मृत्यु

कैलाली - लगातारको वर्षाका कारण बझाङ जिल्लामा ठुलो जनधनको क्षती भएको छ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा अविरल वर्षापछि पहिरोमा परेर चार जनाको ज्यान गएको छ । खप्तड छान्ना गाँउपालिका वडा नं. ३ माझिगाँउका धर्म रोकाया र उनकी पत्नी, त्यसैगरी वडा न. ५ कालुखेतीका विरु गिरी र उनकी पत्नी रहेकी छन् ।
लगातार परेको अविरल वर्षाका कारण घर बगाएपछि उनीहरुको पहिरोमा च्यापिएर मृत्यु भएको स्थानीयले जनाएका छन् । खप्तडछान्ना गाँउपालिका मा अझधेरै क्षती भएको हुनसक्ने र गाँउपालिकामा संञ्चारसेवा अवरुद्ध भएका कारण विवरण आउन नसकेको स्थानीय पर्पल रोकायाले बताए ।
यस्तै जिल्लामा बाढी र पहिरोका कारण ठूलो क्षती भएको छ । जिल्लाको थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा गाँउमाथीबाट पहिरो खस्दा २३ जना वेपत्ता रहेका छन् भने ७ घर पूर्णरुपमा पुरिएको जिल्लाप्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । यस्तै जिल्लाभरी १७० परिवार विस्थापित भएका छन् ।
थलारा गाँउपालिका वडा नं. ४ डिख्ला गाँउमा पीडितहरुको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । घटना घटेको ३० घण्टापछि मात्र औषधी र राहत लिएर नेपाली सेनाको हेलिकप्टर प्राभावित क्षेत्रमा आइपुगेको छ । अहिले प्रभावितहरूलाई राहत वितरण तथा बेपत्ता भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया