हुम्लामा घर भासिँदा एकै परिवारका ६ जना पुरिए

सुर्खेत - हुम्लामा अबिरल वर्षपछि पहिरो खसेर घर भासिँदा एकै परिवारका ६ जना पुरिएका छन् । जिल्लाको खार्पुनाथ गाउँपालिका-५ खर्पेगाउँमा एकै परिवारका ६ जना पुरिएका हुन् ।
खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा घरमा रहेका धनबिरे शाही, कलबहादुर शाही, आसा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरासहित ६ जना पुरिएका हुन् ।
एकै परिवारका ६ जना पुरिएको खबर सार्वजनिक भएपछि बुधबार बिहान प्रहरी टोली घटनास्थलतर्फ जान लागेको हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया