शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

विराटनगर विमानस्थल जलमग्‍न, उडान प्रभावित

काठमाडौं - वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ ।कार्यालयकाअनुसार बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो । विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । बुद्ध एअरले सूचना जारी गरी काठमाडौं–विराटनगरका लागि आज निर्धारित उडानहरू रद्ध गरेको जानकारी दिएको छ ।